डडेल्धुराका बाढीपीडितले १९ वर्षपछि घर पाए

डडेल्धुरा – डडेल्धुराको परशुराम नगरपालिका २ र ३ शीर्षगाउँमा बाढीले घर जमिन बगाएको १९ वर्षपछि पीडितले घरमा बस्न पाएका छन् । २०६२ सालको बर्खामा आएको बाढीले पूर्ण रूपमा विस्थापित ३२ घरपरिवारलाई नेपाल सरकारले नयाँ स्थानमा जग्गा खरिद गरेर घर बनाइदिएपछि पीडितले घरभित्र बस्न पाएका हुन ।

bishal shuit house

बाढीले बगाउँदा शीर्षगाउँमा ३२ जनाको ज्यान गएको थियो भने ३५ परिवार पूर्ण रूपमा विस्थापित भएका थिए । हाल परशुराम नगरपालिका–४ को रातामाटी र ५ को परीगाउँमा पीडितका लागि घर बनाइएका छन् ।

joshi vada pasal 2

एक परिवारलाई एक रोपनीसम्म जग्गा उपलब्ध गराई दुई कोठे घर निर्माण गरिएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीका इन्जिनियर स्मारिका बमले जानकारी दिए । उनका अनुसार एक परिवारलाई चार लाख रुपियाँका दरले घर बनाइएको हो ।

घर निर्माणका लागि आर्थिक वर्ष २०७३/७४ मा करिब एक करोड रुपियाँको लागतमा जग्गा खरिद गरिएको थियो । बाढीपीडितलाई परीगाउँ र रातामाटीमा एकीकृत बस्ती बनाइएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.