प्रदेशस्तरीय क्रिकेट छनौटको उपाधि बैतडीलाई

बैतडी – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट छनौटको उपाधि बैतडीले जितेको छ। फाइनल खेलमा बैतडीले कञ्चनपुरलाई ३ विकेटले स्तब्ध पार्दै उपाधि हात पारेको हो।

bishal shuit house

कञ्चनपुरले दिएको ६३ रनको लक्ष्य बैतडीले ११।५ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्‍याे। जसमा कप्तान वसन्त खत्रीले अविजित २४ रन बनाउँदा खड्क बोहराले १४ रन बनाए। कञ्चनपुरका मिलन बोहराले २ विकेट लिए।

joshi vada pasal 2

त्यसअघि फाप्ला मैदानमा टस जित्दै पहिला ब्याटिङ गर्ने गरेको कञ्चनपुरले निर्धारित १२ ओभरको खेलमा ७ विकेटको क्षतिमा मात्र ६२ रन जोड्यो। उसका कप्तान दिपेश चन्दले ३२ रन बनाउदा राहुल चन्दले १५ रन जोडे।

बैतडीका लागि गजेन्द्र बोहराले ४ र रामबहादुर चन्दले १ विकेट हात पारे। छनौट प्रतियोगितामा सुदूरपश्चिमका ९ वटै जिल्लाको सहभागिता रहेको थियो।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.