भीमदत्तमा सुत्केरी महिलाका लागि नि:शुल्क एम्बुलेन्स सेवा सुरु

महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । शनिबार महाकाली प्रादेशिक अस्पतालमा आयोजित एक कार्यक्रमका बिच महाकाली अस्पतालबाट सुत्केरी महिला तथा शिशुलाई निशुल्क एम्बुलेन्समा घरसम्म पु¥याएर नगर क्षेत्रभित्रका गर्भवती तथा सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा कार्यक्रमको शुभारम्भ गरिएको हो ।

bishal shuit house

भीमदत्त नगरपालिका–७ र भीमदत्त नगरपालिका–९ का सुत्केरी महिला र शिशुलाई घरसम्म पु¥याएर निशुल्क एम्बुलेन्स सेवा कार्यक्रम शुभारम्भ गरिएको नगर प्रवक्ता महेन्द्र खड्काले बताए ।

joshi vada pasal 2

‘एम्बुलेन्स भाडा तिर्न नसकेर घरमै सुत्केरी हुँदा कतिपय आमा र नवजात शिशुको मृत्यु भएको खबर पनि सुनिन्छन ।’ उनले भने ‘तर, अबको दिनमा भाडा तिर्ने पैसा नभएकै कारण कुनैपनि गर्भवती–सुत्केरी, महिला स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस भन्ने उद्देश्यले नगरपालिकाले एम्बुलेन्स सेवा निशुल्क गरिदिएको छ ।’

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.