देश छाडेर भागेका श्रीलङ्काका पूर्वराष्ट्रपति स्वदेश फर्किए

एजेन्सी – श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबय राजपक्ष स्वदेश फर्किएका छन् । गत जुलाई महिनामा आफूविरुद्ध आयोजित विरोधप्रदर्शन उत्कर्षमा पुगेपछि राष्ट्रपति पदमा आसीन हुँदै उनी भागेर विदेश गएका थिए। तर पछि उनले राजीनामा दिएका थिए ।

maya metro hospital

अस्थायी भिसामा थाईल्यान्डमा बसिरहेका राजपक्ष सिङ्गापुर हुँदै घर फर्केका हुन् । केही श्रीलङ्काली मन्त्रीहरूले उनलाई विमानस्थलमा भेटेको बताइएको छ ।

श्रीलङ्कालीहरूले उनको सरकारलाई श्रीलङ्काको इतिहासमा खा परेको सबैभन्दा खराब आर्थिक सङ्कटका लागि दोषी मानेका छन् । देशको ढुकुटीमा वैदेशिक मुद्राको भण्डार रित्तिएकाले आयात हुन नसकेपछि श्रीलङ्कामा खाद्यान्न र इन्धनको ठूलो अभाव सिर्जना भएको थियो ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.