दार्चुलामा पनि डेंगुको संक्रमण देखिन थाल्यो

दार्चुला – हिमाली जिल्ला दार्चुलामा पनि डेंगुका विरामी देखिन थालेका छन । खास गरी हिमाली जिल्लामा नदेखिने यो रोगको संक्रमण पछिल्लो समय दार्चुलामा दिनानुदिन फैलिरहेको पाइएको छ ।

maya metro hospital

जिल्ला अस्पताल दार्चुलाका मेडिकल अधिकृत डा. सोमराज अवस्थीका अनुसार दुई दिनमा गरिएको परीक्षणमा मात्रै ११ जनामा डेंगुको संक्रमण भेट्टिएको छ । भदौ १२ गतेपछि गरिएको परीक्षणमा ११ जनामा डेंगुको संक्रमण पुष्टि भएको उनले बताए ।

joshi vada pasal 2

केहि दिन यता जिल्ला अस्पतालमा उपचारका लागि आउने विरामीहरुमा डेंगुको संक्रमण देखिन थालेको उनले जनाकारी दिए । हिमाली जिल्लाहरुमा नदेखिने यो रोग पछिल्लो समय तराईदेखी पडाही तथा हिमाली जिल्लाहरुमा समेत लामखुट्टेहरु आउने गरेका कारण डेंगुको संक्रमण भइरहेको पाइएको उनले बताए ।

‘दार्चुला जस्तो हिमाली जिल्लामा डेंगुको संक्रमण नदेखिनु पर्ने हो, अहिले दैनिक ४्५ केस पोजेटिभ आइराछन्’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.