कांग्रेस कार्यसमितिलाई लेखा सम्बन्धी तालीम दिईने

अत्तरिया –  नेपाली कांग्रेस कैलालीका विभिन्न कार्यसमिति तथा भातृसंगठनहरुलाई लेखा सम्बन्धी तालीम दिईने भएको छ । जिल्लामा रहेको कांग्रेसको लेखा सुपरिवेक्षण समितिले जिल्लामा रहेका सम्पुर्ण कार्यसमिति तथा भातृसंगठनहरुलाई लेखा सम्बन्धी तालीम दिने भएको हो ।

Karma Consultancy

समितिको शुक्रबार अत्तरियामा सम्पन्न दोस्रो बैठकले उक्त निर्णय गरेको हो । लेखा सुपरिवेक्षण समितिका संयोजक टंक प्रसाद जोशीको अध्यक्षतामा बसेको बैठकले जिल्लामा रहेका नेपाली कांग्रेसका सम्पुर्ण कार्यसमिति तथा भातृसंगठनहरुलाई लेखा राख्ने विषयमा जानकारी दिने निर्णय गरेको बताईएको छ ।

citizen security services

जिल्लाका सबै समितिहरु तथा भातृसंगठनहरुलाई लेखाको महत्व, लेखा कसरी राख्ने लगायतका विषयमा जानकारी दिनुका साथै त्यसको अनुगमन, नियमन लगायतका विषयहरुका बारेमा पनि जानकारी दिईने लेखा समितिका जिल्ला संयोजक जोशीले बताए ।

attariya hospital

उनले देशभरमै पहिलो पटक कैलालीमा उक्त समिति गठन गरिएको बताए । उनले लेखा सम्बन्धीका सम्पुर्ण विषयमा जिल्लाका सबै कार्यसमिति तथा भातृसंगठनहरुलाई तत्कालै तालीमहरु दिईने बताए । उक्त समितिको सदस्यहरुमा हरि दत्त भट्टराई र लोकेन्द्र ऐर रहेका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.