गोदावरीमा नाली बिनाका सडक र खोला अतिक्रमणले डुवान बढ्दै

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकालमा नाली बिनाका सडक र खोला अतिक्रमणका कारण डुवान बढ्दै गएको छ । स्थानीय सरकारले निर्माण गरेका अधिकांस कालोपत्रे सडकमा नाला निर्माण गरिएका छैनन् भने बजार क्षेत्रमा रहेका खोला पनि अतिक्रमणको चपेटामा परेका छन ।

maya metro hospital

खोला किनारमा अतिक्रमण गरेर बनेका घरका कारण खोला साघुरा बन्दै गएका छन । जसले बजार क्षेत्रमा डुवानको समस्या हुन थालेको छ । गोदावरी नगरपालिकाको वडा नम्बर १ र २ मा रहेको अत्तरिया बजार क्षेत्रका खोला किनारा अहिले ठूला– ठूला घर ठडिएका छन । खोलाबाटै घरका पिल्लर ठड्याएर घर निर्माण गरिदा पनि यसको रोकथामका लागि भने स्थानीय निकाय मौन छ ।

joshi vada pasal 2

नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले भने सडकको अतिक्रमण हटाउन नगरपालिका संबेदनशिल रहेको बताए । उनले नगरपालिकामा नापीको काम भइरहेकाले नापी टोलीले खोलाको क्षेत्र छोडेर मात्रै नापी गरिरहेको बताए ।

 

उनले नालीका कारण भएको डुवान रोक्न नगरपालिकाले बिना नाली कालोपत्रे नगर्ने नीति लिएको बताए । ‘सडक कालोपत्रे स्थानीयको मागका आधारमा हुने भएकाले कुनै ठाउँमा नाली बिना कालोपत्रे गर्नुपर्ने हुनसक्छ’ उनले भने ‘सडक कालोपत्रे गर्नु पुर्व नाली निमार्ण गर्ने नगरपालिकाको नीति मै उल्लेख छ ।’ यद्दपी चालु आर्थिक बर्षमा पनि स्थानीयको माग अनुसार नाली बिनाका सडक कालोपत्रे गर्ने योजना भने कायमै रहेको प्रवक्ता भट्टले बताए ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.