देउवा प्रत्यक्ष र आरजु समानुपातिकतर्फ सिफारिश

डडेल्धुरा – नेपाली कांग्रेस डडेल्धुराले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभातर्फ प्रत्यक्षमा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम सर्वसम्मत सिफारिश गरेको छ । कांग्रेसको शुक्रबार बसेको जिल्ला समिति बैठकले देउवाको नाम सर्वसम्मत सिफारिश गरेको हो ।

maya metro hospital

डडेल्धुरा देउवाको गृहजिल्ला हो । कांग्रेसकी केन्द्रीय सदस्य एवं देउवापत्नी डा आरजु राणा देउवाको पनि नाम डडेल्धुराबाट सिफारिश भएको छ । बैठकले प्रतिनिधिसभामा महिलातर्फबाट समानुपातिकका लागि सर्वसम्मत सिफारिश गरेको हो । प्रदेशसभामा पनि कांग्रेसले एकल नाम सिफारिश गरेको छ । प्रदेशसभा ‘क’ मा कांग्रेस पार्टीका जिल्ला सभापति भीमबहादुर साउँद र ‘ख’ मा सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्द बोहराको एकल नाम सिफारिश गरिएको कार्यवाहक सभापति डिल्लीराज जोशीले जानकारी दिए ।

बैठकले डडेल्धुरामा गठबन्धन नगर्ने निर्णयसमेत गरेको छ । ‘हामीले स्थानीय तहको चुनावमा पनि गठबन्धन गरेका थिएनौं। अहिले पनि जिल्लामा गठबन्धन नगर्ने निर्णय गरेका छौँ,’ जोशीले भने, ‘स्थानीय तहमा लड्दा हामीले यहाँका ५ तह जितेका छौं। बाँकी २ तहमा पनि थोरै मतले हारेका छौं । त्यसैले हामी यहाँ गठबन्धन नगरेरै चुनाव जित्न सक्छौं ।’

attariya hospital

देउवाले यहाँबाट संघीय चुनाव जित्दै आएका छन् । आरजु २०७० सालको चुनावबाट संविधानसभा सदस्य बनेकी थिइन् । उनी त्यसबेला पनि डडेल्धुराबाट समानुपातिक तर्फबाट निर्वाचित भएकी थिइन् ।

 

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.