डोटीबाट १२ जुवाडे पक्राउ

डोटी – डोटीबाट १२ जुवाडे पक्राउ परेका छन् । जोरायल गाउँपालिका – २ स्थित मिल चौराहामा रहेको एक होटेलमा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरको हो ।

bishal shuit house

पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका – ६ का २४ वर्षीय लोकेन्द्र साउँदसहित १२ जनालाई बिहीबार राति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुडरले जानकारी दिएको छ ।

joshi vada pasal 2

इलाका प्रहरी कार्यालय बुडरबाट खटिएको प्रहरीको टोलिले उनीहरूलाई नगद १ लाख २२ हजार २५ रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.