धनगढीबाट हातहतियार सहित एक जना पक्राउ

bishal shuit house

धनगढी – धनगढी उपमहानगरपालिका–१५ उर्मा बस्ने ५५ वर्षीय ज्ञानी रानालाई विभिन्न हातहतियार सहित प्रहरीले पक्राउ गरेको छ । भरुवा बन्दुक एक थान, गन्दक आठ सय ग्राम, बारुद एक सय ग्राम र छर्रा १२ पिस सहित शुक्रबार दिउँसो उनलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी कनरीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनको घर खानतलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.