सुुदूरपश्चिम प्रदेशसभाको आज अन्तिम बैठक

धनगढी –  सुदूरपश्चिम प्रदेशसभाको दसौं अधिवेशन आज (शुक्रबार) देखि अन्त्य हुने भएको छ । बिहीबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको १० औं अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो ।

bishal shuit house

सचिवालयका अनुसार सुदूरपश्चिम प्रदेशसभाले पाँच वर्ष अवधिमा ६६ वटा विधेयकहरु पारित गरेको छ । अन्तिम दिन प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित भएको हो ।

joshi vada pasal 2

बैठकको औपचारिक समापनपछि प्रदेश सभाको प्रांगणमा विशेष कार्यक्रम आयोजना गरिने सचिवालयले जनाएको छ । त्यहाँ प्रदेशसभाको पाँच वर्ष अवधिको समीक्षा हुनेछ । सांसदहरुले आ–आफ्ना धारणाहरु राख्नेछन् ।

 

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.