बैतडीमा बस दुर्घटना

बैतडी – दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका ८ हरिचन मोडमा बस दुर्घटना भएको छ । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको मेलौली तर्फ आइरहेको पवनदुत यातायातको ना ७ ख २५७० नम्बरको बस आज बिहान करिब ५ बजेतिर दुर्घटनामा परेको हो ।

maya metro hospital

४५ यात्रु सवार बस सडकबाट करीब ५ मिटर तल खसेको छ । बस दुर्घटनमा परे पनि मानवीय क्षति भने नभएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

joshi vada pasal 2

दुर्घटनामा परेका सबै यात्रुको उद्धार गरिएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.