बैतडीबाट प्रतिनिधि सभाका लागि भण्डारी सर्वसम्मत उम्मेदवार सिफारिस

बैतडी – नेकपा एमाले बैतडीले प्रतिनिधि सभाको निर्वाचनका लागि दामोदर भण्डारीलाई उम्मेदवारको रूपमा सर्वसम्मत सिफारिस गरेको छ । बिहीबार बसेको जिल्ला कमिटीको बैठकले भण्डारीलाई आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि सर्वसम्मत उम्मेदवारको रूपमा सिफारिस गरेको हो ।

maya metro hospital

एकमात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा एमालेबाट भण्डारीको एकल नाम सिफारिस भएको हो । एमालेका प्रदेश कमिटी अध्यक्ष समेत रहेका भण्डारी अहिले पनि सांसद छन् ।

joshi vada pasal 2

गएको चुनावमा उनले ३९५२४ मत ल्याएर वाम गठबन्धनबाट निर्वाचन जितेका थिए । त्यसबेला उनका प्रतिद्वन्द्वी कांग्रेसका नरबहादुर चन्दले २८२९१ मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.