ऋषिपञ्चमीमा महाकालीमा स्नान गर्नेको घुइँचो

कञ्चनपुर – ऋषिपञ्चमीका अवसरमा बिहीबार महाकाली नदीमा स्नान गर्नका लागि व्रतालु महिलाहरुको घुइँचो लागेको छ । बिहानैदेखि नदी किनारमा स्नानका लागि महिलाहरु पुग्न थालेका हुन् ।

bishal shuit house

महाकाली नदीमा स्नानसँगै बगरमा पूजाआजा गरेर उनीहरुले ऋषिपञ्चमी मनाइरहेका छन् । यसका साथै महाकाली नदी किनारमा निर्माणाधीन ६ लेनको सडक (भाइरल रोड) मा नाचगानसँगै टिकटक बनाउने र सेल्फी लिनेहरुको समेत घुइँचो लागेको छ ।

joshi vada pasal 2

स्नानमा लागि महेन्द्रनगरसँगै आसपासका क्षेत्रबाट समेत महिलाहरु पुगेका छन् । विगतमा शारदा ब्यारेजको छेउमा भारतीय क्षेत्रमै स्नान गर्ने भएपनि यस पटकदेखि भीमदत्त नगरपालिका ११ भुजेलामा भाइरल रोड छेउमै स्नानस्थल बनाइएको हो ।

 

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.