कैलालीमा नदीमा बगिरहेको अवस्थामा महिलाको बेवारिसे शव भेटियो

अत्तरिया – कैलालीको भजनीमा एक महिलाको बेवारिसे शव फेला परेको छ । आज बिहान भजनी नगरपालिका – ३ कुसुमघाट स्थित मोहना नदी बगिरहेको अवस्थामा महिलाको शव फेला परेको हो ।

bishal shuit house

अन्दाजी ७०/७५ बर्षकी महिलाको शव मोहना नदीमा बगिरहेको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीको सहयोगमा शव नदीबाट लिकालिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

joshi vada pasal 2

ति महिलाको शव हाल टीकापुर अस्पतालमा राखिएको छ । बुटेदार हरियो निलो रङको मेक्सी, निलो ब्लोज लगाएकी छोटो फुलेको कपाल भएकी ति महिलालाई चिन्ने व्यक्तिले इलाका प्रहरी कार्यालयमा सम्पर्क गरिदिन प्रहरीले अनुरोध गरेको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.