कञ्चनपुरमा घरमाथि रुख ढल्दा ६ जना घाइते

 कञ्चनपुर – कञ्चनपुरमा घरमाथि रुख ढल्दा ६ जना घाइते भएका छन् । शुक्लाफाँटा नगरपालिका–७ को शान्तिपुरमा घरमाथि रुख ढल्दा ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

maya metro hospital

घाइते हुनेमा १८ वर्षीया लक्ष्मी धानुक, १९ वर्षीय लक्ष्मी भण्डारी, ५० वर्षीया मैना जोशी रहेको वातावरण मध्यवर्ती सामुदायिक वनका अध्यक्ष लोकेन्द्रराज जोशीले जानकारी दिए । उनका अनुसार स्थानीय ४५ वर्षीय लिलाधर भट्ट र १५ वर्षीय खगेन्द्र धामी पनि घाइते छन् ।

joshi vada pasal 2

उनीहरु मध्ये लक्ष्मी धानुक र लक्ष्मी भण्डारीको अवस्था गम्भीर छ । घाइतेहरुको झलारीस्थित शुक्लाफाँटा पोलीक्लनीकमा उपचार भइरहेको छ । स्थानीय प्रेम विष्टको घरमा जम्मा भएर तीज मनाइरहेका बेला रुख खस्दा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.