गौरालाई सभ्य र भव्य रुपमा मनाऔं

सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्वको रुपमा गौरा पर्वलाई लिईन्छ । भाद्र कृष्णको षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाईने गौरा पर्व सुदूरपश्चिम सहित भारतको कुमाउँमा परापूर्व कालदेखि नै प्रचलित छ ।

maya metro hospital

गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ‘बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन् । गौरापर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ । बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिक रूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन् ।

धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा) को पूजाआजा गर्ने गरिन्छ । गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् । अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पु¥याउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ । यस पर्वमा सरकारले देशभर गौरा पर्व मनाउने समुदायलाई सार्वजनिक विदा दिने गर्दछ ।

attariya hospital

प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणहरूबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारिदिएपछि विधवा भएकी ब्राह्मणीहरूले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरुप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नु परेकाले गौरीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको किंवदन्ती भनाई छ ।

यो पर्वमा देउडा र धमारी खेल्ने गरिन्छ । गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख, सुख बाँड्नुका साथै माया, प्रेमका कुराहरु गर्ने गरिन्थ्यो । पछिल्लो समय गौरा पर्वको परम्परागत ईतिहास पनि हराउने स्थितिमा पुगेको छ । परम्परागत रुपमा एक अर्काका सुख दुख साट्ने गितहरु गाईने गौरामा अहिले छाडा र अस्लील शब्दहरुको प्रयोग बढी मात्रामा भइरहेको छ ।

परम्परागत महत्व बोकेको गौरापर्वलाई यसको मौलिकताको आधारमा मनाउन आवश्यक छन । सुदूरपश्चिमेलीहरुको मौलिकतालाई दर्शाएको गौराले देशका कुना कुना सम्म सुदूरपश्चिमको पहिचान दिलाउन भूूमिका खेलेको छ । त्यसैले प्रदेशको धार्मिक आस्था र यहाँको संस्कृति बोकेको गौरालाई सभ्य र भव्य रुपमा मनाऔ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.