कैलाली क्षेत्र नम्बर ४ बाट नैनसिंह महर सहित ६ जनाको नाम सिफारिस

अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता नैनसिंह महर सहित ६ जनाको नाम सिफारिस गरिएको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनतर्फ कैलाली जिल्ला नेपाली कांग्रेस कैलाली क्षेत्रनम्बर ४ को कार्यसमितिले ६ जनाको नाम सिफारिस गरेको हो ।

bishal shuit house

समितिले महर सहित सुनिलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा. लक्ष्मीराज पाठकलाई प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ का लागि सिफारिस गरेको छ ।

joshi vada pasal 2

सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको गोदावरी नेकपा एमाले केन्द्रीय कमिटी सचिव लेखराज भट्ट पनि निर्वाचन क्षेत्र हो । यसै क्षेत्रबाट उनले २०६४, २०७४ मा प्रत्यक्षतर्फ चुनाव जितेका थिए । २०७० सालमा कांग्रेस नेता दीर्घराज भाट विजय भएका थिए ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.