सुदूरपश्चिममा समाजवादीलाई धक्का, प्रदेशका हाइप्रोफाइल नेता एमाले प्रवेश

महेन्द्रनगर – आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा नेकपा एकीकृत समाजवादी पार्टीलाई सुदूरपश्चिम प्रदेशमा धक्का लागेको छ । सो पार्टीबाट प्रदेश सरकारमा सहभागी राज्यमन्त्री सहित पार्टीका हाईप्रोफाइल नेता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

maya metro hospital

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार महेन्द्रनगरमा आयोजित एक कार्यक्रमकाबीच उनीहरुलाई एमालेमा प्रवेश गराएका हुन् । कार्यक्रममा एकीकृत समाजवादी पार्टीकी प्रतिनिधिसभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिमका पूर्व आर्थिक मामिला मन्त्री समेत रहेका प्रदेशसभा सदस्य तारा लामा तामाङ, समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका पूर्व अध्यक्ष विक्रमबहादुर शाही, वेदकोट नगरपालिकाका पूर्वमेयर समेत रहेका समाजवादीका जिल्ला उपाध्यक्ष अशोक कुमार चन्द सहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

बुधबार मात्रै बर्खास्तमा परेका सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई पनि ओलीले एमालेमा प्रवेश गराएका छन् । एकीकृत समाजवादीबाट चौधरी २०७८ चैत २५ गते राज्यमन्त्री पदमा नियुक्त भएका थिए ।

attariya hospital

समाजवादीका कैलाली सचिबालय सदस्य खम्बु बुढा पनि एमालेमा फर्किएका छन् । बुढा गोदावरी एमालेका पुराना नेता हुन ।

यसैबिच बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसका कार्यकर्ता गठबन्धनदेखि पछुताइरहेको बताएका छन् । ‘यो पार्टी सिद्धिने भयो भनेर मनमनै धेरै रोएका छन्। मनमनै छट्पटाएका छन् । खोनेबेला थोरै पस्क है भन्छन्। सुत्नेबेला पार्टीको चिन्ताले निन्द्रा लाग्दैन’ ओलीले भने, ‘म साथीहरुलाई चिन्ता नलिएर एमालेमा आउन आग्रह गर्छु। देश बनाउने जिम्मा एमालेको हो ।’

ओलीले प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिकतर्फ गरेर १५० सिट एमालेले जित्ने दाबी गरेका हुन् । ‘आउँदो निर्वाचनमा एमालेले प्रत्यक्ष र समानुपातिक तर्फ कम्तीमा १५० सिट जित्छ’, उनले भने, ‘दुनियाँ आश्चर्यचकित हुनेछ ।’ यस्तै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा भारत गएर म्याउम्याउ गरेको बताएका छन् । साथै अर्का नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत गएर खुसुखुसु गरेको उनले बताए ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.