माया मेट्रो अस्पतालले पाँचौ बर्षमा प्रवेश गरेको अवसरमा २५ प्रतिशत सम्म छुट दिने

अत्तरिया – कैलालीको धनगढीमा रहेको माया मेट्रो अस्पतालले पाँचौ बर्ष प्रवेश गरेको अवसरमा २५ प्रतिशत सम्म छुट दिने भएको छ । अस्पतालले स्थापनाको चार बर्ष पुरा गरेर पाँचौ बर्ष प्रवेश गरेको अवसरमा बिभिन्न परिक्षणहरुमा २५ प्रतिशत सम्म छुट गर्न लागेको हो । माया मेट्रो अस्पताल बुधबार (भाद्र १५ गते) पाँचौ बर्षमा प्रवेश गर्दैछ । सो अवसरमा भाद्र १५, १६ र १७ गते तिन दिन १० देखि २५ प्रतिशत सम्म बिभिन्न परिक्षणहरमा छुट दिन लागिएको अस्पतालले जनाएको छ ।

maya metro hospital

अत्याधुनिक सुविधा सहितको माया मेट्रो अस्पताल २०७५ भाद्र १५ गते देखि आफ्नो सेवा सूचारु गरेको थियो । हाल २५ शैय्या संचालनको अनुमति पाएको अस्पतालले लगतै १०० सय वेड बिस्तार गर्ने तयारी गरिरहेको अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले जानकारी दिएका छन ।

joshi vada pasal 2

अस्पतालले हाल २४ घण्टे आकस्मिक तथा ट्रमा सेवा, २४ घण्टे फार्मेसी सेवा, एनेस्थेसिया तथा क्रिटिकल उपचार सेवा, नवजात तथा बालरोग सेवा, दुरबिन प्रबिधिबाट तथा विना दुरबिन सल्यचिकित्सकिय सेवा, स्त्री प्रसुति तथा बाझोपन सेवा,MD Internal Medicine बाट Physician सेवा, हाड जोर्नी तथानशा रोग सेवा, यौन, छाला, सौन्दर्य तथा कपाल प्रत्यारोपण सेवा, नाक ,कान ,घाटी तथा हेड एण्ड नेक सर्जरी सेवा, दन्त चिकित्सकिय सेवा, Cancer Screening, FNAC तथा Biopsy सहितको Pathology सेवा, क्यान्सर सेवातथा परामर्श दिदै आएको छ ।

त्यस्तै अस्पतालले इन्डोसकोपी सेवा, अल्ट्रासाउन्ड सेवा, Echo तथा ECG सेवा, ECG, ABPM, HOLTER सेवा , ICU/NICU/PICU/MICU सेवा, बतानुकुलित OPD तथा  AC Deluxe Cabin सहितको सेवा, अत्याधुनिक Digital x-ray सेवा, अत्याधुनिक Video x-ray सेवा, अत्याधुनिकCTScan(64 Slice)  सेवा, MRI सेवा, यूरोलोजी सेवा  Prostate मासु पलाएको शल्यक्रिया, पिसाब नली तथा मिर्गैलाको नलीमा (PCNL/MINI PCNL) मा भएको पथरी दुरबिन प्रबिधि बाट शल्यक्रिया सेवा, फिजीयोथेरापी सेवा, Laparoscopic तथा जेनरल सर्जरी (Hernia hydrocele, Appendix, Lap chole ) आन्द्रामा मासु पलाएको, कलेजोमा मासु पलाएको, स्तन,अण्डकोष,लिगंको अप्रेशन, आन्द्राको क्यान्सर, शरिरका विभिन्नभागमा भएका गाँठा गुठी को शल्यक्रिया सेवा, न्यूरो सर्जरी सेवा (टाउकोमा चोट पटक, मष्तिस्कमा रगत जमेको, बच्चाको मष्तिस्कमा ब्रेन ट्युमर ,मेरुदण्डको चोट, स्पाइनको ट्युमरको ) शल्यक्रिया, Psychiatrist (मानसिक रोग सम्बन्धित सेवा ) लगायतका सेवा दिदै आएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.