बैतडीमा सेनाले दिएको रगतले सुत्केरीको ज्यान बच्यो

बैतडी – नेपाली सेनाले दिएको रगतले बैतडीमा एक सुत्केरीको ज्यान बचेको छ । बच्चा जन्माउन नसकि जिल्ला अस्पताल बैतडीमा शल्यक्रिया गर्दा अत्यधिक रक्तश्राव भएर छटपटाइरहेकी दशरथचन्द नगरपालिका ४ जर्गकी २१ वर्षीया महिलाको ज्यान नेपाली सेनाले गरेको रक्तदानले बचेको हो ।

maya metro hospital

सदरमुकामस्थित हनुमानध्वज गुल्ममा कार्यरत सेनाका बन्दोबस्त कार्य सिपाही लोकेन्द्र कार्कीले ती महिलाका लागि एक पिन्ट रगत दान गरेको उक्त गुल्मका गुल्मपति, सेनानी गोविन्द थापाले जानकारी दिए ।

joshi vada pasal 2

जिल्ला अस्पतालमा सुत्केरी व्यथा लागेर भर्ना भएकी ती महिलालाई सुत्केरीपश्चात अत्यधिक रत्तश्राव भएका कारण ज्यान जोखिममा परेको थियो । ती महिलाको ब्लल गु्रप एबी पोजेटिभ रहेको र ब्लड बैंक नहुँदा सेनाको गुल्ममा खबर गरिएको थियो ।

सेनालाई खबर गरेपश्चात लगत्तै रक्तदान गरेपछि सुत्केरीको ज्यान जोगिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर दीपेश श्रेष्ठले जानकारी दिए । शल्यक्रियामार्फत बच्चा जन्माएकी ती महिलाको शरीरमा रगतको कमी भएपछि अस्पतालले सेनालाई गुहारेको थियो ।

बैतडीमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा रगतको आवश्यकता पर्दा सेना, प्रहरी, स्वास्थ्यकर्मीकै भर पर्नपर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.