बैतडीमा छोटो दुरीका सवारीसाधनहरुको नयाँ भाडा तोकियो

बैतडी – बैतडीमा छोटो दुरीका सवारीसाधनहरुको नयाँ भाडादर तोकिएको छ । सेवाग्राहीहरुको गुनासो बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले जिल्ला भित्रका सडकहरुमा सञ्चालित छोटोदुरीका सवारीसाधनहरुको नयाँ भाडादर तोकेको हो ।

maya metro hospital

चर्काे भाडा असुलेका गुनासाहरु आउन थालेपछि जिल्लामा नयाँ भाडादर तोकिएको गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । यातायात व्यवसायी र सोरोकारवालाहरुको सर्वपक्षिय बैठकले जिपहरुको नयाँ भाडादर कायम गरेको उनले बताए ।

joshi vada pasal 2

गोठलापानी देखि देहिमाण्डौँ सम्मको ७० रुपैँया, गोठलापनी सतबाँझ १ सय ५०, गोठलापनी पाटन २ सय ३०, गोठलापनी खोड्पे ३ सय ५०, गोठलापनी झुलाघाट १ सय ६० भाडा निर्धारण गरिएको छ ।यस्तै गोठलापानी सिल्लेगडा २ सय ३०, गोठलापनी खोचलेक २ सय ५०, गोठलापनी बसाली ३ सय, गोठलापनी दोली ३ सय ५०, गोठलापनी गोकुलेश्वर ४ सय ४० भाड तोकिएको छ ।

यस्तो छ नयाँ तोकिएको भाडादर

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.