सुदूरपश्चिम सरकारद्धारा अस्थायी कर्मचारीलाई सिधैं स्थायी बनाउने विधेयक पारित

धनगढी – सुदूरपश्चिम प्रदेश सभाले निजामति सेवाको गठन, सञ्चालन तथा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक पारित गरेको छ । सोमबार बसेको १०औं अधिवेशनको २५ औं बैठकमा सभामुख अर्जुनबहादुर थापाले ध्वनि मतको आधारमा विधेयक पारित भएको घोषणा गरे ।

bishal shuit house

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले सभामा विधेयक पारितका लागि प्रस्ताव पेस गरेका थिए ।
विधेयकको प्रतिवेदन माथिको छलफलमा भाग लिँदै नेकपा एमालेका प्रदेश सभा सदस्य कृष्णराज सुवेदीले विधेयक समयमै आउनुपर्ने बताए ।

joshi vada pasal 2

‘प्रदेशमा काम गर्न कर्मचारी अभाव हुँदा समस्या भइरहेको थियो । सरकारको अवधि सकिनै लाग्दा ल्याइएको छ,’ उनले भने, ‘यो विधेयक विवादित रुपमा आइरहेको छ । यो विधेयक विभेदकारी रहेको छ । सुदूरपश्चिम प्रदेश सरकारले फिर्ता लेओस् ।’

प्रदेश सभाबाट पारित भएको विधेयकलाई प्रदेश प्रमुखले प्रमाणीकरण गरेर कानुनको रुप लिने छ । प्रदेश सरकारले आफैंले नियुक्त गरेका ३३९ जना अस्थायी तथा करार सेवाका कर्मचारीलाई सिधै स्थायी गर्नेगरी विधेयक ल्याएको हो ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.