बैतडीका स्वास्थ्य संस्थामा औषधि अभाव

बैतडी – बैतडीमा औषधि अभावको अभाव भएको छ । जिल्लाको दोगडाकेदार, डिलाशैनी गाउँपालिकाका स्वास्थ्य संस्थामा निःशुल्क पाइने औषधिको अभाव भएको हो । दोगडाकेदारको न्वाली स्वास्थ्य चौकी, डिलाशैनीको डडिया आधारभूत स्वास्थ्य केन्द्र र रुद्रेश्वर स्वास्थ्य चौकीमा अनुगमन गर्दा निःशुल्क औषधिको अभाव भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

bishal shuit house

सरकारले स्वास्थ्य चौकी तहबाट ३८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको भए पनि यहाँ केही औषधिको अभाव रहेको छ । उनले भने, ‘खास गरेर ती स्वास्थ्य संस्थामा अक्सिटोसिन अभाव छ, यसका साथै अन्य अत्यावश्यक औषधिको समेत अभाव रहेको पाइएको छ ।’ अक्सिटोसिन सुत्केरी हुँदा छिटो प्रसूति बेथा लगाउने सुई भएको बताइएको छ ।

joshi vada pasal 2

स्थानीय तहको लापरवाहीले गर्दा यहाँ औषधिको अभाव हुन थालेको हो । अहिले स्वास्थ्य संस्थाहरूमा सम्बन्धित पालिकाहरूले नै औषधि आपूर्ति गर्दै आएका छन् । औषधि खरीद गर्न पालिकामै बजेट हुने भएकाले पालिकाले नै औषधि किनेर स्वास्थ्यचौकीमा पठाउने गरे पनि स्वास्थ्य संस्थामा भने अनुसार निःशुल्क औषधि पाइने गरेको छैन ।

स्थानीय तहहरूले समयमै औषधि खरीद नगरेका कारण औषधि अभाव भएको स्वास्थ्य प्रमुख भट्टको भनाई छ । उनले भने, ‘औषधि खरिदका लागि पालिकाहरूमा पर्याप्त बजेट भए पनि समयमै खरिद गरी आपूर्ति नगर्दा अभाव देखिएको हो, यसमा पालिकाहरूले ध्यान दिन जरुरी छ ।’

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.