‘कांग्रेस र समाजवादीका साथिहरु मेरो सरुवा गराउन शक्तिकेन्द्र धाइरहेका छन’

धनगढी – कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्यले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टी आफ्नो सरुवा गराउन लागिपरेको आरोप लगाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसवुक मार्फत विगत एक महिनादेखि आफ्नो सरुवाको लागि कांग्रेस र एकीकृत समाजवादी पार्टी शक्ति केन्द्र धाइरहेको आरोप लगाएका हुन् ।

joshi vada pasal 2
bishal shuit house

‘नेपाली कांग्रेस र नेकपा समाजवादीका साथीहरु विगत १ महिनादेखि लगातार मेरो सरुवा गर्न विभिन्न राजनीतिक शक्ति केन्द्रमा धाइरहनु भएको छ’, उनले लेखेका छन्, ‘तपाईंहरू थाक्नुभएकै हो भने म मार्ग प्रशस्त गर्न तयार छु है !’

घोडाघोडी नगरपालिकामा मेयर नेकपा एकीकृत समाजवादी र उपमेयर नेपाली कांग्रेसबाट निर्वाचित छन् । उनले दुइटै पार्टीलाई आफ्नो सरुवामा लागेको आरोप लगाएका हुन् ।

maya metro hospital

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.