नेपालले केन्यालाई ४ विकेटले हरायो, डेब्युमा अर्जुनले हाने छक्काको ह्याट्रिक

नेपालले केन्यालाई तेस्रो टी–२० आईमा ४ विकेटले पराजित गरेको छ । यस जितपछि पाँच खेलको शृंखलामा नेपालले २–१ को अग्रता लिएको छ । यसअघि पहिलो खेल नेपालले ५ विकेटले जित्दा दोस्रो खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको थियो । चौथो खेल सोमबार हुनेछ ।

maya metro hospital

केन्याले दिएको १५६ रनको लक्ष्य नेपालले १९.३ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए । यस्तै टी–२० आईमा डेब्यु गरेका अर्जुन साउदले ३५, रोहित कुमार पौडेलले २९ र पवन सर्राफले २० रन जोडे । आदिल आलमले १६ रन बनाए ।

joshi vada pasal 2

केन्याका लागि युगेन ओचिएङ र भिराज पटेलले २–२ विकेट लिए । त्यसअघि राकेप पटेल र इर्फान करिमले अर्धशतक प्रहार गरेपछि नैरोबीस्थित जिमखान क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २ विकेट गुमाएर १५६ रन बनाएको थियो । यो जोडीले तेस्रो विकेटका लागि अविजित १२७ रनको साझेदारी गरे । पटेलले ४३ बल खेल्दै ४ चौका र ४ छक्का मद्दतमा अविजित ७३ रन बनाए ।

यस्तै करिमबले ४७ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ५५ रन जोडे । केन्याले अन्तिम पाँच ओभरमा ६९ रन जोडेको थियो । पावर प्ले मा नेपालले केन्याका दुवै ओपनरलाई आउट गरेपनि पटेल र करिमसुम नेपाली बलर कमजोर देखिए । कोलिन्स ओबुया १४ र सुकदिप सिंह ८ रन बनाएर आउट भए । नेपालका लागि सोमपाल कामी र बदिल आलमले एक–एक विकेट लिए ।

डेब्युमा अर्जुनले हाने छक्काको ह्याट्रिक

पहिलो अन्तर्राष्ट्रिय टी–२० मा अर्जुन साउदले छक्काको वर्षा गरेका छन् । विकेट विकर ब्याटरका रूपमा टिममा स्थान बनाएका अर्जुनले टी–२० मा पहिलो अन्तर्राष्ट्रिय रन नै छक्का प्रहारबाट लिए ।

केन्याका लुकासको चौथो बलमा अर्जुनले डिप मिडविकेटमा सानदार छक्का प्रहार गरे। त्यसअघि उनले लुकासका दुई बलमा कुनै रन बनाएका थिएनन् । नेपाली ब्याटिङ इनिङको सुरुवात गरेका पवन सर्राफले पहिलो बलमा एक रन लिएपछि अर्जुन स्ट्राइकमा पुगेका थिए ।

त्यसपछिको रन पनि उनले छक्काबाटै बटुले। दोस्रो ओभरको पहिलो बलमा उनले बुन्डीलाई डिप मिडविकेटमै पुनः सानदार छक्का हाने । उनले छैटौँ ओभरको पाँचौँ बलमा सेन गोचेलाई छक्का प्रहार गरे। क्रिजबाट बाहिर निस्किएर उनले लङ अनमा प्रहार गरेको बलले सीमाबाहिरसम्मको उडान भरेको थियो ।

११ औँ ओभरको पहिलो बलमा त्यसैगरी बाहिर निस्किएर छक्का प्रहार गर्न खोज्दा उनी पटेलको बलमा बोल्ड हुन पुगे । दुई चोकासमेत प्रहार गरेका अर्जुनले ३५ रन बनाई डेब्युलाई स्मरणीय बनाए ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.