सुदूरपश्चिममा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

 

bishal shuit house

अत्तरिया – सुदूरपश्चिममा आइतबार थप २२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ सय ३७ जनाको एन्टीजेन परीक्षण गर्दा थप २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार कञ्चनपुरमा १२, कैलालीमा ७, डोटीमा २ र बझाङमा १ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै आइतबार १६ जना संक्रमणमुक्त भएका निर्देशनालयले जनाएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.