बैतडीमा एक युवक मृत भेटिए

बैतडी – बैतडीमा एक युवक मृत अवस्थामा फेला परेका छन् । डिलाशैनी गाउँपालिका–६ सउगाउँमा ३७ वर्षीय जयबहादुर बोहरा गोकुले–धामीगाउँ सौगाउ सडकको किनारमा मृत फेला परेका हुन ।

bishal shuit house

भदौ १० गते बेलुका गोकुले बजार जान्छु भनी निस्केका बोहरा घर नफर्केपछि खोजतलास गर्दा सडक किनारमा मृत फेला परेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

joshi vada pasal 2

मादक पदार्थ सेवन गरिराख्ने बोहराको मृत्यु कसरी भयो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । बोहराको शव परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

 

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.