ओली कञ्चनपुर आउँदै

अत्तरिया – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली कञ्चनपुर आउने भएका छन् । उनी पार्टी प्रवेश कार्यक्रम र जनसभालाई सम्बोधन गर्न भाद्र १५ गते कञ्चनपुर आउन लागेका हुन ।

maya metro hospital

उक्त कार्यक्रममा हाल समाजवादीमा रहेका सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तारा लामा तामाङ, पूर्व सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रमबहादुर शाही र पूर्वमेयर अशोक चन्द लगायतका नेता एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ ।

joshi vada pasal 2

ओलीले दिउँसो १२ बजे आयोजना हुने जनसभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको एमाले जिल्ला सचिव पल्लवराज भट्टले बताएका छन ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.