दार्चुलाको व्यासमा निःसन्तान दम्पतीलाई भत्ता

दार्चुला – व्यास गाउँपालिकाले निःसन्तान दम्पती र एकल पुरुषलाई मासिक सामाजिक सुरक्षा भत्ता दिने भएको छ । व्यास गाउँपालिकाको बुधबार ६ नम्बर वडा हुतीमा बसेको कार्यपालिका बैठकले व्यास गाउँपालिकाको स्थानीय सामाजिक सुरक्षा भत्ता कार्यविधि २०७९ पारित गर्दै भत्ता दिने निर्णय गरेको हो ।

bishal shuit house

बैठकले ४५ वर्ष पूरा भएका विवाह नगरेका वा श्रीमतीको मृत्यु भई अर्को कुनै विवाह नगरेका एकल पुरुष तथा ४५ वर्ष पूरा भएका निःसन्तान दम्पती दुवै जनालाई संघीय सरकारको भत्ता लागू नहुँदासम्म मासिक रूपमा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गरेको गाउँपालिका अध्यक्ष मंगलसिह धामीले बताए ।

joshi vada pasal 2

हाल लाभग्राहीलाई मासिक रूपमा ५ सय रुपैयाँ वितरण गरिने छ । यसलाई व्यास गाउँपालिकाले प्रत्येक वर्ष समय सुहाउँदो थप गरी एकल पुरुष र निःसन्तान दम्पतीलाई निरन्तर रूपमा भत्ता दिने उनले जानकारी दिए ।

 

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.