युवाहरुमा नैतिकता हराउँदै

भनिन्छ, पैला पैला आमाबुवालाई भगवानको दर्जा दिईन्थ्यो । आफुभन्दा जेठालाई आदरभाव व्यक्त गरिन्थ्यो, सानालाई स्नेह र माया ममता दिईन्थ्यो । सत्य, त्रेता र द्धापर युगमा आफुभन्दा ठूलालाई साष्टाङ्ग रुपमा आदर गर्ने, आमाबुवालाई भगवानको रुपमा हेर्ने र त्यही अनुसार बुवाआमाको पुजा गर्ने लगायतका कार्यहरु हुने गर्दथे भन्ने किवंदन्ती छन । त्यो समयमा मानिसहरुले किताबी रुपमा नैतिक पाठ नपढेपनि महाऋषि, महर्षीहरुले सिकाएको ज्ञानलाई आत्मसाथ गर्दै हिड्थे र सत्कर्म गर्दै जान्थे ।

तर पुरानो त्यो अवस्था र अहिलेको अवस्थामा आकाश पातालको फरक आईसकेको छ । पहिले आमाबुवालाई सम्मान गर्ने छोराहरु अहिले आमाबुवाहरुलाई खुट्टाको पैतला सम्झीदैनन् । पहिलेको तुलनामा शैक्षिक रुपमा विकसित भएपनि नैतिक रुपमा भने युवाहरु पतनको दिशामा अग्रसर छन । कलियुगको सुरुवाती चरणमा केही कम भएपनि अहिले भने युवाहरुमा नैतिक शिक्षाको ज्ञान नै नभएको बुढापाकाहरुले बताउने गरेका छन । भगवानको रुपमा पुजिने आमा बुवाहरु वृद्धाश्रममा छन, पैसाको मोहले आमाबुवाको मायालाई त मारेको छ नै दाजुभाई बिचको सम्बन्धमा पनि दरार सिर्जना गरेको छ । पैसाको अगाडी आमा बुवा, गुरुवर्ग, बालबालिका, ईष्टमित्र सबैबिचको सम्बन्ध मास्न पनि पछि नपर्ने तहमा अहिलेका युवाहरु छन ।

joshi vada pasal 2
bishal shuit house

विद्यालय जिवनमा नैतिक शिक्षाको पाठ पढाउने शिक्षकको विद्यार्थीले हत्या गरेको कुरा, बुवाले छोरालाई तथा छोराले बुवालाई मारेको कुरा, दाजुभाई बिचको झगडामा परिवारको सदस्य गुमाएको कुरा, यस्ता अनेकौ घटनाका कुराहरु अहिले सामाजिक सञ्चाल तथा सञ्चारमाध्यमहरुमा छ्याप्छ्याप्ती आईरहेका हुन्छन । पछिल्लो समय यस्ता घटनाहरुमा ह्वात्तै वृद्धि हुनुले मानविय जिवन संकटमा रहेको कुरा प्रस्ट्याईरहेको छ । युवाहरु नैतिक रुपले कति तल झरिसकेको छ भन्ने कुराको तथ्यांक त्यस्ता घटनाहरुले देखाउँछ । सामाजिक सञ्जालमा हामी आमाबुवा तथा ईष्टमित्रहरुलाई सम्मान गर्छाै तर व्यवहारीक जिवनमा कार्यान्वयन गरेका हुदैनौ ।

शनिबार परेको कुशे औशी अर्थात बुवाको मुख हेर्ने दिनमा पनि हामीले बुवालाई हैन, सामाजिक सञ्जालहरु फेसबुक, ट्विटर, ईन्ष्टाग्राम आदीलाई सम्झीयौ । मतलब हामीले त्यस्ता सामाजिक सञ्जालहरुमा बुवालाई सम्झियौ तर घरमा भएका बुवाको अनुहार सम्म हेरेनौ । पछिल्लो समयमा दिनानुदिन घटिरहने यस्ता घटनाहरुले मानिस नैतिक रुपमा कति सम्म गिरिसकेको छ भन्ने कुराको ज्ञान दिन्छ । हामीले नैतिक शिक्षा आर्जन गरेपनि त्यसलाई व्यवहारीक रुपमा लागु गर्न सकेनौ, त्यसैले हाम्रै कारणले विभिन्न किसीमका घटनाहरु घटिरहेका छन ।

maya metro hospital

त्यसको नियन्त्रण गर्ने जिम्मेवारी पनि हाम्रै हो । देशको खम्बाका रुपमा रहेको युवाले नैतिकता बिर्सने हो भने त्यसले भयावह रुप लिई देशलाई अधोगतीको बाटो तर्फ डो¥याउन सक्दछ । त्यसैले युवाले आफुलाई नैतिक रुपमा सबल र सक्षम बनाएर देशको एक जिम्मेवार नागरिक बन्न सक्नुपर्दछ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.