कुशे औशी :  सम्झना स्वरुप सृष्टिकर्तामा सर्मपित

 

केशव कुमार मलाशी  –  आज कुशे औशी अर्थात बुवाको मुख हेर्ने दिन । बिरुवामा जति पवित्र कुश छ, त्यो भन्दा पवित्र शब्द हो बुवा । हाम्रो सँस्कृति कति अनुपम छ है जहाँ दशैको बेला बुआआमाहरुले आफना सन्नतीलाई आशिवार्द दिने र कुशे औसी अनि मातातिर्थ औसीका दिन छोराछोरीले बाआमालाई सम्मान स्वरुप सम्झीएर मनाउदै बस्ने । आमाको मुख हेर्ने दिनमा आमाको सम्झना, गुरु पुर्णिमाको दिनमा गुरुको सम्मान जसरी गरिन्छ त्यसरी जीवन सृष्टिकर्ता अर्थात बुवाको भक्ति, सम्झना र विशेष सर्मपण गर्ने आजको विशेष दिन।

सँसारमा हरेक बिहान बिस्तारै गएर साझ अनि रातमा रुपान्तरित हुन्छ । समयको यो अविछिन्न परिचक्रसँगै जीवन बढदै गएर कहिले बुवा त कहिले छोरा, कहिले आमा त कहिले छोरीको रुपमा साँसारिक जीवनलीला चलिरहेको छ।

joshi vada pasal 2

यस अनुपम दिनमा, भावावेषको तलाउमा डुबेर लेखेका व्यक्त विचारसँगै अव्यक्त भावहरुले मुटु छोलान या मष्तिक त्यो त थाहा छैन तरपनि अनुभुतिगत जीवनको वास्तविकताबाट केही न केही सिकाई अवश्य नै रहला । सम्झना स्वरुपका परिवेशलाई  पोखिरहदा म जस्तै कत्तिको मन शान्त होला या नहोला त्यो सायद यसै लेख्न लहडिएको यो लेखकलाई पनि साचिच्कै थाहा छैन।

सबैलै भन्ने गर्छन दुख, पिर, पीडा अनि तनाव जति शेयर गर्नु सक्यो तेती नै त्यसको असर कम हुदै जान्छ रे । हो नि । यस्तै असामान्य अवस्थामा अक्षर, शब्द, वाक्य मात्रै बग्दैनन। यी सँगै सुख दुखका आशुहरु, ईच्छा र चाहनाका कल्पनाहरु, प्रेम र विछोडका अनुभवहरु, पर्खाई र ढिलोका पिडाहरु, समय र सन्जोगका स्थितीहरु अनुत्तरित अवयवहरु बनेर बगिरहन्छनः निरन्तर पोखिरहन्छन भावावेशको तलाउमा उत्रिनै नसक्ने माझी बनेर ।

maya metro hospital

जीवनको गोरेटोमा हात समातेर जिन्दगीको पहिलो पाईला चलाउदै अनि हुर्किदै गर्दा किन किन मेलै बुवालाई धेरै बुझन थाले । बुवाको सँघर्ष, उच्च पढाईको लागि अतिरिक्त मेहेनेत, आफनो केटाकेटी बेलामा छुटेका सबै सुख हाम्रो लागि नछुटोस भनेर गरेको दुख बुझन थाले। झन त्यसमाथि २१ वर्ष सम्म आमाबिनाको नितान्त एक्लो जीवन जसमा सन्तान सुखका लागि गरेको त्याग र सर्मपण, कर्मयोगि बुवाको सँघर्ष वर्णन गर्न नसकिने सबै कुरा रह्यो ।

खल्ती रित्तो हुदाँहुदै पनि सन्तानका लागि नाई भन्न नसक्ने, आफु भोको रहेर पनि खानेकुरा सबैले बाँडी चुडी खानु दिने,  सायद बुवा भन्दा धनी र दयालु मान्छे मेलै कहिल्यै पनि देखिन। अँगालो मारेर बस्ने प्रेम कहिले पनि देखाउनुभएन बुवाले तर एक चुड्की खुसीका लागि बुवाका पसिनाका सुवासहरु, चिन्ताका धर्साहरु, पैतालाका डोभहरु, हातका ठेलाहरु र काधका मैलाहरुको अनुभुति सदैव मन मष्तिकमा तरँगित भईरहन्छन।

bishal shuit house

आर्चाय चाणक्य सँगै विद्धान बिदुरका नितीहरु मुखमै कण्ठस्थ, बाल्यकालदेखि नै आध्यातिमिक धर्म र सो अनुसारको कर्म तिरको लगाव, तपी एवम महान  खत्पड स्वामीसँगै बुद्धिजिवी व्याक्तित्वहरु सँगको सँगत, नेपालका समकालिन करिब सबै राजनितीज्ञहरु सँगको भेटघाट, राष्ट्रसेवकका रुपमा निजामती प्रशासन सेवामा योगदान जस्ता कुरामा भाग्यवश सन्तानका रुपमा कही न कतै सहभागी हुन सकेकाले  बुवाको  त्यो उत्प्रेरणापुर्ण सिकाई र मार्गदर्शन जीवनमा थप उर्जा जगाँईरहेको छ।

समयले डोरयाएको उमेर अनि उमेरले डोर्याएको जीवनका थुप्रै यस्ता पाटाहरु छन जसलाई केलाउन त्यति सहज र सरल छैन । आमा बिनाको बिर्सन नसकिने बाल्यकाल भएतापनि बुवाको त्यो उडी छुनु चन्द्र एक भन्दै सपनाहरु सजाउन सिकाउने र बिस्तारै ठुलो भएपछि जिम्मेवारीलाई काध थाप्दै कर्मयोगी बन्ने प्रेरणा नै जीवनको अमुल्य दिव्योउपदेश बनेको छ।

आज पनि याद आउछ, बुवासँग गरेका अनेकन कुराहरु र सिकेका सँस्कारहरु । उहाँबाट सिकेका सिकाईहरु, बाँडेका अनुभुवहरु नै जीवनका अबका मार्गदर्शनहरु हुन । जीवन यस्तै छ । हरेक व्याक्तिका आ आफनै भोगाईहरु छन । सोचाई , रोजाई, रहर सँगै  हामी कहा छौ , कस्ता रहेछौ र अनि कसरी अगाडि बढनु पर्ने रहेछ भन्ने कुराको तत्व ज्ञान बाआमाको जीवन अनुभुतिबाट ज्ञात हुने रहेछ ।

आमालाई पृथ्वि मान्दा र बुवालाई आकाश सम्झिदा तेही आकाश र पृथिवी जोडने क्षितीज सन्तान हुन सकिन्थयो कि सकिन्थेन ? क्षितीज बनेर हास्दै हसाउदै अनुपम अलौकिक आकृतिहरुलाई पुर्ण रगँसहितको जीवनमा बुढेसकालको सहारा बन्न सफल हुन्थे या हुन्थेन ? भन्ने प्रश्न सायद भगवान र भाग्यकै गर्भमै यसै अनुत्तरित नै रह्यो।

भौतिक रुपमा साथ नभएरै पनि यति धेरै प्रेरणा, हौसला, साहस र स्वाभिमानको पाठ सिकाईरहनुहुने बुवा हजुरको जिम्मेवारीले पिल्सीएका त्यो नथाक्ने काँध, मेहनतले खुईलिएका कर्मठ पैताला, कर्मले थकित हत्केला र आफनो सन्तानको लागि आफनै जीवनलाई तिलाञ्जली दिएको त्यो त्यागलाई साकार बनाउन सकु र हजुरको लायक छोरो बन्न सकु।

यस्तै बाल्यकालिन सम्झनाहरुको अभुतपुर्व दर्पण र ती अबोधकालिन यादहरुको अनुपम तर्पण दिदै कानमा गुञ्जीरहने वाणी, वायुमा घुमीरहेको अनुपम सास र अलौकिक आत्माहरुको बैकुण्ठ बासको कामना गर्दे कुशे औसीको यस अवीस्मरणीय क्षणमा आदरणीय अग्रज बाआमाहरुमा हार्दिक नमन तथा शुभकामना ।

(लेखक केशव कुमार मलाशी वन, वातावरण, पयापर्यटन विकास सँगै मानवीय सहायता तथा सामाजिक अभियानका क्षेत्रमा सर्मपित रही कलम चलाउँछन। )

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.