डोटी र डडेल्धुरामा ट्रायल सेन्टरको उद्घाटन

डडेल्धुरा  – डडेल्धुरा र डोटीमा सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि प्रयोगात्मक परीक्षा अर्थात् ट्रायल सुरु भएको छ। शनिबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले डडेल्धुरा र डोटीमा प्रयोगात्मक परीक्षाको उद्घाटन गरेका हुन्।

maya metro hospital

शनिबार बिहान डोटी जिल्लामा प्रयोगात्मक परीक्षाको उद्घाटन गरेका मुख्यमन्त्री भट्टले दिउँसो डडेल्धुरामा ट्रायल उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा उनले लाइसेन्स प्राप्त गर्नु मात्रै ठूलो कुरा नभएको र सवारी चालकले सुरक्षित भएर सवारी साधन चलाउन आवश्यक रहेको बताए।

joshi vada pasal 2

उनले नेपालमा सबैभन्दा बढी सवारी दुर्घटनाबाटै नागरिकले ज्यान गुमाइरहेको पनि बताए। पहाडी जिल्लाका सडकमा दुर्घटनाको जोखिम बढी रहेको हुँदा सवारी साधान विस्तारै र ट्राफिक नियमको पालना गरेर हाँक्न उनले सबैलाई आग्रहसमेत गरे। संघीयताको मर्मअनुसार जनतालाई नजिकबाट सर्वसुलभ सेवा दिलाउन प्रदेश सरकार कटिबद्ध रहेको उनको भनाइ थियो।

यातायात व्यवस्था कार्यालय डडेल्धुराका कार्यालय प्रमुख मेखराज उपाध्यायले पहिलो दिन ट्रायल दिएका सबै जना प्रयोगात्मक परीक्षामा उत्तीर्ण भएको बताए।

उनका अनुसार पहिलोपटक ए, के र बी वर्ग अर्थात् मोटरसाइकल, स्कुटर, जीप र कारको प्रयोगात्मक परीक्षा सञ्चालन गर्न सुरु गरिएको हो। सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले ०७८ साल चैत १६ गते यातायात व्यवस्था सेवा कार्यालयको स्तरोन्नति गर्दै यातायात व्यवस्था कार्यालय डडेल्धुरा र डोटी नामाकरण गरेपछि कार्यालयले लाइसेन्स जारीको अधिकार प्राप्त गरेको हो।

त्यसअघि ०७२ साल असार ३ गते सुदूरपश्चिमका पहाडी जिल्लाका सेवाग्राहीका लागि तत्कालीन अञ्चल यातायात व्यवस्था कार्यालय मातहत रहने गरी यातायात सेवा कार्यालय डडेल्धुरा र डोटी स्थापना भएको थियो। उक्त कार्यालयहरूले डडेल्धुरा र डोटीभन्दा अगाडि रुट दिने गरी पटकेकाे काम गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.