अत्तरियामा रहेको सेभ हाउसमा तीज विशेष कार्यक्रमको आयोजना

अत्तरिया – कैलालीको अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसमा तीज विशेष कार्यक्रमको आयोजना गरिएको छ । सेभ हाउसले नारीहरुको महान पर्व हरितालिका तिजमा बालबालिका रमाउन भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ बहादुर सोडारी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै मन्त्री सोडारीले सेभ हाउसका बिपन्न तथा टुहुरा बालबालिका संगै तीज कार्यक्रममा सहभागि हुन पाउँदा खुसी लागेको बताए । उनले सेभ हाउसलाई आफू र मन्त्रालयको तर्फबाट गर्नसकिने सहयोगका लागि प्रतिवद्ध रहेको बताए ।

joshi vada pasal 2

हाल भाडाको घरमा रहेको सेभ हाउसको भवन निर्माणका लागि प्रदेश सरकारले ३० लाख बजेट बिनियोजन गरेको भएपनि सो भवन बनाउने स्थानका बारेमा बिवाद हुँदा भवन बन्न नसकेको अवस्थामा आगामी दिनमा कसरी भवन निर्माण गर्न सकिन्छ भन्ने बारेमा सबै क्षेत्रबाट लाग्न आवश्यक रहेकोमा मन्त्री सोडारीले जोड दिएका थिए ।

maya metro hospital
bishal shuit house

कार्यक्रमा बिशिष्ट अतिथि रहेका प्रदेश सरकारका पुर्व मन्त्री कृष्ण राज सुवेदीले सेभ हाउसको भवन निर्माणमा अवरोध गरिनु दुःखद भएको बताए । उनले अत्तरिया क्षेत्रमा व्यक्तिगत घर सार्वजनिक ठाउँमा धमाधन निर्माण गरिएका भएपनि सार्वजनिक संस्थाको घर बनाउन अवरोध गर्नु अन्याय पूर्ण भएको बताए ।

‘अनाथ असाहाय टुहुरा बालबालिकालाई राख्ने घर बनाउन अवरोध गर्नु गलत छ’ उनले भने ‘वडा नम्बर ३ मा जग हालिएको घर निर्माणको लागि वडा अध्यक्षले पनि पहल गर्नुपर्छ ।’

सेभ हाउसकी अध्यक्ष जानकी मलासिको अध्यक्षतामा भएको कार्यक्रममा गोदावरी नगरपालिकाकी निवर्तमान उपप्रमुख रत्ना कडायत, वडा नम्बर ३ का वडा अध्यक्ष तेज राज अवस्थी लगायतको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा सेभ हाउसमा बस्ने बालबालिकाले तीजका गितमा नृत्य गरेर रमाइलो गर्नुका साथै दर पनि खुवाइएको थियो । कार्यक्रमको प्रायोजन गिता रोडारी, तिलक राज जोशी र लक्ष्मण बोगटीले गरेका थिए ।

 

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.