कुशेऔशी एवम् तिजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना

अत्तरिया – कैलालीको अत्तरियामा कुशे औशी तथा तिजको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको छ । अत्तरियामा रहेको ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय अत्तरिया शाखा चौराहा आश्रमले महिलाहरुको महान पर्व हरितालीका तिज र कुशे औशी अर्थात बुवाको मुख हेर्ने दिनको अवसरमा कार्यक्रमको आयोजना गरेको हो ।

joshi vada pasal 2

कार्यक्रममा ब्रम्हाकुमारी ईश्वरी विश्वविद्यालयकी सञ्चालीका ब्रम्हाकुमारी रबिनाले शुभकामना दिनुका साथै अत्तरियाक्षेत्रका जनप्रतिनिधिहरुसँग गुनासो राखेकी थिईन । उनले विद्यालयमा विभिन्न किसिमका धार्मिक कार्यक्रमहरु आयोजना गरिदै आएको र सबै कार्यक्रममा जनप्रतिनिधिहरुको उपस्थिति हुने गरेको भएपनि विद्यालयलाई के कुराको आवश्यकता छ भन्ने कुरामा कसैले चासो नदेखाएको बताईन । उनले जनप्रतिनिधिहरुले अत्तरियाकै अन्य क्षेत्रका धार्मिक स्थलहरुका लागी बजेट विनियोजन गरेपनि ब्रम्हाकुमारी विश्वविद्यालयका लागी भने कहिल्यै पनि बजेट विनियोजन नगरेको बताईन ।

कार्यक्रममा बोल्दै पुर्व मन्त्री कृष्णराज सुवेदीले हामीले बोलेका कुराहरुलाई व्यवहारमा कार्यान्वयन गर्न नसकेसम्म आफुलाई परिवर्तन गर्न नसक्ने बताए । उनले विभिन्न पुजा, पाठ, प्रवचन, धार्मिक मेला महोत्सवमा गएर ज्ञान हासिल गरेपनि व्यवहारमा त्यसको सदुपयोग नभए त्यो ज्ञानको अर्थ नभएको बताए । उनले मानिसमा लोभ, लालच, ईश्र्या र द्धेषका कारण नै विभिन्न घटनाहरु घटिरहेका बताए । मानिसको सत्कर्मले जिउँदोमा मात्रै नभई मरेपछि पनि बिर्सन नसक्ने व्यक्तित्वको रुपमा समाजमा परिचित गराउने बताउदै उनले समाजमा राम्रो काम गरेर र सबैको हितका लागी काम गर्न उनले सबैलाई आग्रह गरे । उनले आफु मन्त्री भएको बेला माग नआएकाले आफुले सहयोग गर्न नसकेको बताउदै आगामी दिनमा आफु नेतृत्व तहमा पुगे अवश्य पनि विद्यालयका लागी केही गर्ने बताए ।

maya metro hospital
bishal shuit house

यसैगरी पुर्वराज्य मन्त्री चुनकुमारी चौधरीले आमाले जन्म दिएपनि कर्म दिने कर्मदाताका रुपमा बुवा भएको बताईन । उनले कर्मदातालाई सम्मानित गर्न कसैले पनि कन्जुस्याई गर्न नहुने बताईन । उनले विकाश निर्माणका कार्यहरु गर्ने सिलसिलमा केही कमी कमजोरी अवश्य पनि हुनेभन्दै त्यसका लागी क्षमा गर्न सबैलाई आग्रह गरीन । उनले आफु निरन्तर विकाशका लागी लागेपनि ब्रम्हाकुमारी को समस्याका बारेमा जानकारी नपाएको स्विकार गरीन । उनले ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालयका लागी ५ लाख बजेट प्रदेश सरकारबाट छुट्याईएको बताईन । उनले गुनासो स्वाभावीक भएकाले त्यसको समाधानका लागी आगामी दिनहरुमा अवश्य पनि पहल गर्ने बताईन ।

कार्यक्रममा बोल्दै गोदावरी नगरपालिका वडा नं. १ का वडाध्यक्ष एवम् नगरप्रवत्ता गोपाल दत्त भट्टले आफुलाई कर्मको दिशा देखाउने बुवाहरु प्रति सधै सम्मान कायम राख्नुपर्ने बताए । उनले विद्यालयले विभिन्न धार्मिक कार्यहरुमा अग्रसरता देखाएकाले त्यसको व्यवस्थापन पक्षका लागी स्थानिय सरकारले पनि हेर्नुपर्ने माग जायज भएको बताए । उनले विगतमा स्थानिय सरकारले चासो नदेखाएपनि आगामी दिनमा विद्यालयका लागी पक्कै पनि वडा र नगरबाट केही न केही सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष तेजराज अवस्थी, पुर्व उपमेयर रत्ना कडायत, पद्मा अस्पताल प्रा.लीका प्रबन्ध निर्देशक डा. नर बहादुर मौनी, ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक रविन्द्र राज पाण्डेय, नेपाली कांग्रेस क्षेत्र नं. ४ का क्षेत्रिय सभापति बसन्त रोकाया (ललीत), दुर्गालक्ष्मी नमुना माविका अध्यक्ष गणेश शाह लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा विद्यालयकी सञ्चालीका ब्रह्माकुमारी रबिनाले उपस्थित पुरुषहरुलाई दोसल्ला र मालाले सम्मानित गरेकी थिईन ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.