कञ्चनपुरमा कार र मोटरसाइकल एक आपसमा ठोक्किदा २ जना घाइते

कञ्चनपुर– कञ्चनपुरमा कार र मोटरसाइकल एक आपसमा ठोक्किदा २ जना घाइते भएका छन । पुनर्वास नगरपालिका – ५ को दोधा र सिमरी बीचको हुलाकी सडकखण्डमा भएको दुर्घटनामा मोटरसाइकल चालक अर्जुन चौधरी र पछाडि सवार २३ वर्षीय जीवन चौधरी घाइते भएका हुन ।

maya metro hospital

शुक्रबार दिउसो बेलौरीबाट धनगढीतर्फ आइरहेको सुपप्र ३–०१–०२२ च ९४९२ को कार र धनगढीबाट बेलौरीतर्फ गइरहेको गरेको सुपप्र ०२–००३ प–५०८२ को मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

joshi vada pasal 2

बलदेवसिंह बुडालले चलाएको कारले मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटनामा घाइते उनीहरुको धनगढीस्थित सेती अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.