कैलालीमा हतकडी सहित अभियुक्त फरार

धनगढी – कैलालीमा एक व्यक्ति हतकडी सहित नदीमा हामफालेर फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जोशीपुर गाउँपालिका – ४ का २८ वर्षीय शंकर चौधरी हतकडी सहित नदीमा हाम फालेर फरार भएका हुन् ।

maya metro hospital

फरार भएका चौधरीलाई उनका बुबा शम्भु चौधरीले कुटपिट गरेको अभियोग लगाएपछि प्रहरीले पक्राउ गरेको थियो ।

joshi vada pasal 2

शुक्रबार पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय जोशीपुरमा लैजाने क्रममा पथरैया खोलामा हाम फालेर उनी फरार भएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

उनको खोजिकार्यका लागि इलाका प्रहरी कार्यालय जोशीपुर र इलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी टोली परिचालन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.