कैलालीमा ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु


धनगढी – नेपाली कांग्रेस कैलालीले जिल्लामा ‘जनताको साथमा कांग्रेस’ अभियान शुभारम्भ गरेको छ । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचनलाई लक्षित गर्दै पार्टीले पहिलो चरणअन्तरगतको अभियान शुभारम्भ गरेको हो ।

maya metro hospital

कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट शुरु गरिएको अभियानको नेपाली काँग्रेस नेता एनपी साउदले समुदघाटन गरेका हुन। शुक्रबारदेखि शुरु भएको पहिलो चरणको अभियान भदौ २४ अर्थात विपी जयन्तीका दिन समापन हुने पार्टीका जिल्ला सचिव नृप सुनारले जानकारी दिए ।

joshi vada pasal 2

अभियानको समुदघाटन गर्दै नेता साउदले पार्टीले अभियान थाल्नुका चारवटा उद्देश्य रहेको बताए । उनले सम्पूर्ण मतदातालाई लोकतान्त्रिक अधिकारको प्रयोग गर्दै मतदान गर्न अपिल गरे ।

उनले पार्टीका नेता तथा कार्यकर्तालाई जनताको घरदैलोमा पुग्न आग्रह गर्दै ‘जनताको घर–घरमा जानुहोस । जनताको भावना सुन्नुहोस। सो भावनाअनुरुप रुपान्तरणका परियोजनाबारे छलफल गर्नुहोस र पार्टीले लिएका नीति, पार्टीको नेतृत्वमा भएको परिवर्तन, उपलब्धी, विकासका एजेण्डा जनतामाझ सुनाउनुहोस ।’

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.