चोरी बढेपछि व्यवसायी चिन्तित

कञ्चनपुर – पूर्व पश्चिम राजमार्गसँगै जोडिएको शुक्लाफाँटा नगरपालिका – ११ स्थित कलुवापुर बजारमा चोरीका घटना बढ्दै जान थालेपछि व्यवसायी निकै चिन्तित भएका छन् । व्यवसायीले चोरीका घटना न्यूनीकरण गरी धनमालको सुरक्षा गरिनुपर्ने माग गरेका छन् ।

चाडपर्व नजिकिदै गर्दा चोरीका घटना बढन थालेका छन् । चोरीका घटना बढ्दै जान थालेपछि व्यवसायी सुरक्षाका लागि वडा कार्यालय र प्रहरीमा गुहार माग्दै पुग्न थालेका छन् ।

joshi vada pasal 2
bishal shuit house

आधा दर्जन पसलमा चोरीको प्रयास भएको थियो । बजार क्षेत्र नजिकैका स्थानीय किसानका गोठमा पालिएका खसी बाख्रा रातमा चोरी भएका थिए । ‘चोरीका घटना हुन थालेपछि निकै असुरक्षा महसुस गरिरहेका छौं’, स्थानीय व्यापारी लक्ष्मी नाथले भने, ‘बजार क्षेत्रमा लगाएको सौर्यबत्ती र सेन्सरयुक्त बत्ती समेत बिग्रँदा समस्या भएको छ ।’

वडाध्यक्ष शेरबहादुर साउदले बजार क्षेत्रको शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउन स्थानीय व्यवसायी, प्रहरी र सामाजका अगुवाहरूसँग छलफल गरी आवश्यक रणनीति बनाइने बताए ।

maya metro hospital

‘व्यवसायीहरूले निर्धक्कसँग व्यवसाय गर्न पाउने वातावरण कायम गर्नका लागि सुरक्षालाई कसरी बलियो बनाउन सकिन्छ । त्यसबारे छलफल अगाडि बढाउँछौं’, उनले भने, ‘बजार क्षेत्रमा बिग्रिएका सौर्यबत्ती र सेन्सरयुक्त बत्ती मर्मत आगामी महिनाभित्रै पूरा गर्छौं । वडाको बजेटले भ्याउने भए यतैबाट काम हुन्छ ।’

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बजार क्षेत्रमा चोरीका घटना न्यूनीकरणका लागि २४ सै घण्टा प्रहरी परिचालन गरिएको बताए ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.