जीवनज्योतीमा सञ्चालीत सामाजिक व्यवसाय मोडल स्थापना सम्बन्धी परियोजना सम्पन्न

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ मा रहेको जीवनज्योती महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा सञ्चालीत सामाजिक व्यवसाय मोडल स्थापना सम्बन्धी परियोजना सम्पन्न भएको छ । अन्तर प्रेरणा नामक संस्थाको सहयोगमा सञ्चालीत उक्त परियोजना मंगलबारबाट सम्पन्न भएको हो ।

यसअघि २०७७ सालदेखि सहकारीले उक्त मोडल अन्र्तगत रही सेनेटरी प्याड उत्पादन सम्बन्धी कार्य गर्दै आएको थियो । तर अब अन्तर प्रेरणा समुहले आफ्नो उक्त मोडलको अवधी समाप्त भएको जनाएको छ । सहकारीले सञ्चालन गरीरहेको सेनेटरी प्याड उत्पादन कार्यमा जर्मन संस्था जिआईजेडको पनि प्राविधिक सहयोग रहेको छ ।

joshi vada pasal 2
bishal shuit house

जिआईजेडले कच्चा पदार्थ, मेसिन र प्राविधिक सहयोग गर्दा जीवनज्योतीमा सेनेटरी प्याड उत्पादन कार्यक्रम सुरु भएको हो । उक्त कार्यबाट अन्तर प्रेरणा समुहको सामाजिक व्यवसाय मोडलको स्थापना प्रोजेक्ट सम्पन्न भएपनि जिआईजेडको सहकार्य पनि जारी नै रहने भएको छ ।

सहकारीकी व्यवस्थापक क्षेत्रा साउँदले अन्तर समुहको सहकार्य सम्पन्न भएपनि जिआईजेडको सहकार्य भने जारी रहने बताईन् । उनले सहकारीले पनि प्याड उत्पादन कार्यलाई निरन्तरता दिने बताईन् । उनका अनुसार सहकारीले ४ जना कर्मचारी राखेर प्याड उत्पादन गरीरहेको छ ।

maya metro hospital

उक्त प्याडहरु बजारका अन्य प्याड भन्दा गुणस्तरिय र सस्तो रहेको उनले बताईन् । स्थापनादेखि हालसम्म करिब ८ हजार पाकेट प्याड उत्पादन गरीसकेको बताउदै व्यवस्थापक साउँदले त्यसमध्ये ४ हजार पाकेट विक्रि पनि गरीसकेको बताईन् । उनले प्याड निर्माणका लागी हाल भारतबाट कच्चा पदार्थ ल्याउनु परेकाले लागत खर्च बढी लागिरहेको बताईन् ।

‘यो प्याड अरु प्याड भन्दा गुणस्तरिय छ’ उनले भनीन् ‘स्वास्थ्यका हिसाबले पनि राम्रो छ र यसको व्यवस्थापन पनि सहज तरिकाले गर्न सकिन्छ ।’ उनले अहिले कम मात्रामा बजारीकरण भएकाले त्यती फस्टाउन नसकेपनि यसको बजार फैलाउदै गएको बताईन् ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.