बैतडीमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाद्वारा निष्क्रिय

bishal shuit house

बैतडी – बैतडीको सिन्केलेकमा राखिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ । जिल्लाको सुर्नया गाउँपालिका–३ को गोकुलेश्वर सडकखण्डमा राखिएको शंकास्पद वस्तुलाई बैतडीस्थित हनुमानध्वज गुल्मको टोलीले निष्क्रिय गरेको हो ।

मंगलबार दिउँसो शंकास्पद वस्तुलाई सुरक्षित रुपमा निष्क्रिय गरिएको हनुमानध्वज गुल्मका गुल्मपति सेनानी गोविन्द थापाले बताए । बिहान पनि सेनाले जिल्लाका विभिन्न दुई ठाउँमा राखिएको शंकास्पद वस्तुलाई निष्क्रिय गरेको थियो ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.