सुनसान अत्तरिया बजार, पब्लिक भन्दा प्रहरी बढी

अत्तरिया – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा लगायतका ४ दलले गरेको बन्दका कारण कैलालीको अत्तरिया बजार सुनसान बनेको छ । बन्दका कारण ठूला सवारी साधन ठप्प भएका छन भने साना सवारी साधन पनि छिटफुट मात्रै चलिरहेका छन । अत्तरिया बजारका अधिकाशं पसल पनि बिहानै देखि बन्द रहेका छन ।

अत्तरियाको धनगढी रोडमा बिहानै फिस्फोटक पदार्थले भरिएको शंकास्पद बस्तु फेला परेपछि यस क्षेत्र वरपर त्रासपुर्ण वातावरण बनेको थियो । जसले गर्दा अन्य क्षेत्रेको तुलनामा यस क्षेत्रमा बन्दको बढी प्रभाव परेको छ ।

joshi vada pasal 2

bishal shuit house

बन्दका क्रममा सुरक्षाकर्मीको भने बजार क्षेत्रमा बाक्लो उपस्थिति रहेको छ । अत्तरिया चोकको चारैतिर नेपाल प्रहरी र सशत्र प्रहरी बसेका छन ।

maya metro hospital

सामान्य समयमा अत्तरिया बजारमा हिडडुल गर्ने मानिसहरुको चहलपह हुने गरेको अत्तरिया बजारमा आज भने मानिसहरुको आवतजावत पनि न्यून रहेको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रबिन्द्रराज पाण्डेले अत्तरिया क्षेत्रमा सुरुक्षा व्यवस्था कडा पारीएको बताएका छन ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.