स्याउले बजार ब्यवस्थापन समितिले तीज तथा गौरा विशेष कार्यक्रम गर्ने

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका –८ स्याउलेमा हरितालिका तीज तथा गौरा विशेष कार्यक्रमको आयोजना गरिने भएको छ । स्याउले बजार ब्यवस्थापन समितिले समैजी महिला समुहको सहकार्यमा भाद्र १४ देखि १८ गते सम्म तीज तथा गौरा विशेष कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रम अन्तरगर भाद्र १४ गते तिज नृत्य प्रतियोगिता र भाद्र १५, १६, १७ र १८ गते गौरा विशेष कार्यक्रम गरिने समितिका महासचिव गौतम बिसिले बताए । उनले गौरा बिशेष कार्यक्रम अन्तरगत स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारलाई सहभागी गराईने बताए ।

joshi vada pasal 2
bishal shuit house

तिज नृत्य प्रतियोगितामा प्रथम पुरस्कार १० हजार, द्धितिय पुरस्कार ५ हजार र तृतिय पुरस्कार ३ हजार दिइने आयोजकले जनाएको छ । उक्त दिन राष्ट्रिय स्तरका गायक गायीकाले पनि आफ्नो प्रस्तुती राख्ने छन ।

बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले नयाँ पुस्तालाई तिज तथा गौराको संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।

maya metro hospital

‘हाम्रो संस्कृतिलाई संरक्षण गर्नको लागि हामीले यो कार्यक्रमको आयोजना गरेका हौ’ उनले भने ‘यस कार्यक्रमलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्नको लागि सबैक्षेत्रबाट सहयोग पाउने अपेक्षा लिएका छौ ।’ कार्यक्रम वडा नम्बर ८ मै रहेको विश्व महादेव मन्दिरमा संचालन गरिने आयोजकले जनाएको छ ।

उक्त मन्दिरमा समैजी महिला समुहद्धारा २०६२ सालदेखि तिज विशेष कार्यक्रम गरिदै आएको भएपनि यस बर्ष स्याउले बजार व्यवस्थापन समितिले बृहत रुपमा कार्यक्रमको आयोजना गर्न लागेको हो । यस बर्ष भाद्र १४ गते हरितालिका तीज पर्व रहेको छ भने भाद्र १८ गते सुदूरपश्चिमेलिहरुको महान पर्व गौरा मनाईदै छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.