बाजुरा र डोटीबाट ५ बन्दकर्ता पक्राउ

धनगढी – बन्द गराउँदै हिडेका बाजुरा र डोटीबाट ५ जना पक्राउ परेका छन । नेपाल कम्युनिष्ट पार्टीका तीन कार्यकर्ता बाजुरा सदरमुकाम मार्तडीबाट पक्राउ परेका हुन । बन्द गराउँदै हिँडेका उनीहरूलाई प्रकाउ गरेको बाजुरा प्रहरीले जनाएको छ ।

bishal shuit house

पार्टीका बाजुरा जिल्ला सचिव भुपेन्द्र विक (एण्डिज), केन्द्रीय सदस्य मान बहादुर रावत, जिल्ला कमिटी सदस्य सुक नेपाली पक्राउ परेका छन ।यस्तै डोटीको दिपायलबाट पनि दुई नेता पक्राउ परेका छन् ।

joshi vada pasal 2

मंगलबार बिहान दिपायल बजार बन्द गराउँदै हिँडेका जिल्ला सचिवालय सदस्य मोहन कठायत र प्रकाश कठायत पक्राउ परेका हुन् ।
विप्लवनेतृत्वको नेकपासहित ४ पार्टीले गरेको नेपाल बन्दको प्रभाव सुदूरपश्चिममा पनि देखिएको छ । मंगलबार बिहानैदेखि प्रदेशका सडक र चोकहरूमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.