गोदावरीका २ स्थानमा राखिएको बिस्फोटक बस्तु सेनाद्धारा डिस्पोज

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका २ स्थानमा राखिएका बिस्फोटक बस्तु नेपाली सेनाको डिस्पोज गरेको छ । गोदावरी नगरपालिका – १ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै फेला परेका उक्त बिस्फोटक बस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।

हरैयामा प्रेसर कुकर र अत्तरियामा क्यान भित्र बिस्फोटक पदार्थ र तार जडान गरेको अवस्थामा बिस्पmोटक पदार्थ फेला परेका थिए ।इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रबिन्द्रराज पाण्डेले दुवै ठाउँमा फेला परेका बस्तुमा बिस्फोटक पदार्थ भेटिएको बताए ।

joshi vada pasal 2
bishal shuit house

मंगलबार नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले ती शंकास्पद वस्तु राखेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।अत्तरिया चोकमै एकाबिहानै बम जस्तो देखिने शंकास्पद बस्तु फेला परेपछि सो क्षेत्रमा त्रासको वातावरण श्रिजना भएको थियो ।

maya metro hospital

सो क्षेत्रलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले घेरा हालेर राखेको थियो । आज गरिएको बन्दका कारण छिटफुट छोटो दुरीका सवारी साधन संचालनमा आएका भएपनि लामो दुरीका साधन भने पूर्ण रुपमा बन्द रहेका छन ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.