गोदावरीका २ स्थानमा प्रेसर कुकर बम जस्तो बस्तु फेला

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका २ स्थानमा प्रेसर कुकर बम जस्तो बस्तु फेला परेका छन । गोदावरी नगरपालिका – १ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेका हुन ।

maya metro hospital

अत्तरियामा भेटिएको शंकास्पद बस्तु कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बम जस्तो देखिने बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले जानकारी दिएका छन ।

joshi vada pasal 2

मंगलबार नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विपलव नेतृत्वको नेकपाले ती शंकास्पद वस्तु राखेको हुनसक्ने डीएसपी जोशीले बताए ।
उक्त शंकास्पद वस्तु निस्क्रिय पार्न नेपाली सेनाको टोली बोलाइएको उनले बताए ।

अपडेट खबर : गोदावरीका २ स्थानमा राखिएको बिस्फोटक बस्तु सेनाद्धारा डिस्पोज

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.