वनबासामा जिप दुर्घटना हुँदा १० नेपाली घाइते

कञ्चनपुर – कञ्चनपुरको सीमावर्ती भारतीय बजार वनबासा जिप दुर्घटना हुँदा १० जना नेपाली घाइते भएका छन । सोमबार दिउँसो वनबासाको चरकपुर बजारमा भएको दुर्घटनामा १० जना नेपाली घाइते भएका हुन ।

bishal shuit house

घाइते हुनेहरुमा कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का जित दयाल, राधा दयाल, गड्डाचौकीका दिपक ओझा र हेमा ओझा घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यस्तै धनगढीका खेमबहादुर, चन्द्रा, सानु, लक्ष्मी, बल्देव र शारदा घाइते भएका छन् ।

joshi vada pasal 2

तीब्र गतिका कारण जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । यस्तै दुर्घटना पछि फरार रहेका चालकको खोजी पनि जारी रहेको बताइएको छ । घाइतेहरुको खटिमास्थित सरकारी अस्पतालमा उपचार भैरहेको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.