निर्मलाहरुलाई न्याय दिन ढिलाई किन ?

आजभन्दा विगत ४ वर्ष अघि कञ्चनपुरमा निर्मला पन्तको हत्या भयो । कञ्चनपुरको भिमदत्त नगरपालिका – २ उल्टाखामकी १३ वर्षिया बालीका उनी अपराधीको निशाना बन्न पुगीन । प्रहरीको अध्ययनले उनको बलात्कार पछि हत्या भएको प्रस्ट्याएको छ । ४ वर्ष अघि हत्या भएकी उनको हत्यारा आजसम्म पत्ता लाग्न सकेको छैन । प्रहरीले हत्यारा भन्दै सोही ठाउँका दिलिप विष्टलाई सार्वजनिक गरेपनि प्रमाण अपुष्ट हुदाँ उनि दोषी ठहर हुन सकेनन् ।

देशमा विगत देखि नै बलात्कारका घटनाले प्रशय पाईरहेको अवस्था छ । बलात्कार पछि हत्या गरिने तथा आपसी मेलमिलाप गर्न बाध्य गराईने किसिमका कतिपय घटनाहरु सार्वजनिक भएका छन । चेलिबेटी बेचबिखनलाई सबैभन्दा गम्भीर अपराधको रुपमा लिई दाईजो प्रथाको अन्त्य गर्ने सरकारले चेलिबेटीहरुको जिउधनको सुरक्षाका लागी भने एक्शन लिन सकेको छैन ।

joshi vada pasal 2
bishal shuit house

हुनत ऐनमा धेरै कुराहरु महिलामैत्री छन, तर व्यवहारीक रुपमा लागु हुन सकेका छैनन । यहाँ पिडित महिलाले न्यायका लागी न्यायालय जाँदा झनै पिडित बन्नुपरेको अवस्था छ । पछिल्लो समय त झन यस्ता घटनाहरुले उग्र रुप नै लिएको छ । आफन्तबाटै साना बालिकाहरु समेत बलात्कृत हुनुपरेका समाचारहरु प्रत्येक दिन विभिन्न सञ्चार माध्यमहरुमा आईरहेका हुन्छन ।

घटनाहरु दिनहुँ घटिरहेका छन, सञ्चारमाध्यमले समाचार प्रकाशित गरिरहेका छन, तर, पिडित ले न्याय पाएको सुन्न तथा देख्न विरलै मात्रामा पाईन्छ । न्याय दिने न्यायालय नै सुतेको अवस्थामा छ भने पिडितले न्याय पाउने कल्पना कसरी गर्ने । घटना घटिरहने तर पीडक उम्किरहने परिपाटी यहाँ निरन्तर चलिरहन्छ । विगतदेखि नै बलात्कृत बन्न पुगेका बालिका तथा युवतीहरुले न्याय कहिले पाउने ? नेपाली निर्मलाहरुको न्यायका लागी ढिलाई किन भैरहेको छ ? आम नागरिकले सरोकारवाला पक्षसँग सोध्ने प्रश्नहरु दिनानुदिन बढ्दै गईरहेका छन ।

maya metro hospital

अब नागरिक स्वतः जागरुक नभईकन देशमा न्याय पाईने सम्भावना कम हुदै गईरहेको छ । बढ्दै गईरहेका बलात्कार तथा त्यसपछि हत्याका घटनाहरुको न्युनिकरणका लागी नागरिकले आफै आवाज उठाउनुपर्ने अवस्था आईसकेको छ । आवाज सुन्ने तहमा रहेका बुद्धिजिविहरुले पनि भविष्यमा उक्त समस्या आफुलाई आउन सक्छ भन्ने बुझ्न जरुरी छ । अपराध गर्ने अपराधीलाई जोगाउन खोज्नु पनि अपराध नै ठहरिन्छ । त्यसैले अपराधलाई बढावा दिने नभई त्यसलाई जरैदेखि उखेलेर फ्याक्ने कार्यमा सबैले एकजुट हुन आवश्यक छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.