गोदावरीका निजामती कर्मचारी आन्दोलित

अत्तरिया – कर्मचारीहरुको अधिकार सुनिश्चित हुने गरी संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै कैलालीको गोदावरी नगरपालिकाका निजामती कर्मचारीले विरोध जनाएका छन । ट्रेड युनियनमा आवद्ध निजामती कर्मचारीहरुको देशव्यापि विरोध कार्यक्रम अन्तरगत सोमबार नगरपालिका अगाडी हातमा कालो पट्टि सहित व्यानर बोकेर उनीहरुले विरोध जनाएका हुन ।

नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठन नेपाल, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल र नेपाल मधेसी निजामती कर्मचारी मञ्चको आयोजनामा विरोध कार्यक्रम गरिएको थियो ।

joshi vada pasal 2
bishal shuit house

उनीहरूले कर्मचारीमैत्री र सेवामैत्री हुनेगरी तीन वटै तहका लागि निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने, क्षतिपुर्ति सहितको नागरिक सेवा प्रवाहको सुनिश्चितता गर्नुपर्ने, तीनै तहमा कार्यरत कर्मचारीलाई निजामतीको परिभाषामा समावेश गर्नुपर्ने, तिनै तहमा कायम हुने गरी तहगत प्रणाली लागु गर्नेपर्ने, तिनै तहमा अन्तर सम्बन्ध कायम हुने सुनिश्चितता सहित राष्ट्रिय स्तरका ट्रेड युनियन र आधिकारीक ट्रेड युनियनको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका छन ।

यस्तै उनीहरुले कर्मचारी समायोजनबाट उत्पन्न समस्या तत्काल समाधान गर्नुपर्ने, राष्ट्रिय स्तरका ट्रेड युनियनहरुको सहभागिता सहित पे कमिशन गठन गरिनुपर्ने, तिनै तहमा कार्यरत कर्मचारीहरुको समान अवधिमा वृत्ति विकासको सुनिश्चितता गरिनुपर्ने, अस्थायी, करार, ज्यालादारी कर्मचारीहरुको न्यायोचित व्यवस्थापन गरिनुपर्ने, सबै पदका कर्मचारीहरुको पदसोपान अनुसार तलवमान कायम गरिनुपर्ने र संघ, प्रदेश र स्थानीय तह मध्ये एक तहबाट अर्को तहमा सेवा प्रवेश गर्दा सेवा निरन्तरता कायम गर्नुपर्ने लगायतका ११ वुदे माग राखिएका छन ।

maya metro hospital

निजामती सेवा ऐन जारी गर्नुपर्ने माग राखेर विगतदेखि नै कर्मचारीहरूले विरोध गरिरहेका छन् । सरकारले कार्यालय सहयोगी, खरिदार, नायव सुब्बादेखि अधिकृत तहसम्मका कर्मचारीको हकअधिकारलाइ संकुचन गर्दै संघीय निजामती सेवा ऐन जारी गर्न लागेको भन्दै देशभरका कार्यालय सहयोगी देखि अधिकृत स्तरका १ लाख बढी निजामती कर्मचारी एकै पटक आन्दोलनमा उत्रिएका छन ।
कर्मचारीहरुले भाद्र १७ गते सम्म माग पुरा नभए थप आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएका छन ।

 

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.