बैतडीबाट गर्भवतीको हेलिकोप्टर मार्फत उद्धार

बैतडी – बैतडीमा सुत्केरी हुन नसकेकी एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्लाको सिगास गाउँपालिका– ६ स्थित थालाकाडा स्वास्थ्यचौकीबाट महिलाको सोमबार बिहान ११ बजेतिर उद्धार गरिएको हो ।

bishal shuit house

आइबार सुत्केरी बेथा लागेर स्वास्थ्यसंस्था पुगेकी २० वर्षीया विन्दु धामीलाई सुत्केरी हुन नसकेपछि हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेतस्थित प्रादेशीक अस्पताल लगिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । महिलाको अवस्था थप जटिल बन्दै गएपछि उद्धार गरेर पठाइएको उनले बताए ।

joshi vada pasal 2

दुर्गममा रहेको सिगास गाउँपालिकाबाट जिल्ला अस्पताल ल्याउनको लागि समय धेरै लाग्ने भएकोले सेनाको हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेतको अस्पतालमा पठाइएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । उनले भने, ‘स्वास्थ्यकर्मीका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी गराउन सकिएन । जिल्ला अस्पतालमा पु¥याउन धेरै समय लाग्छ । फेरि केही समय पैदल पनि हिँड्नुपर्ने हुन्छ । अनि उद्धार गरेर पठाइयो ।’

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.